header image
 

गृहपेज

prativa is the pride of nepali community in israel

editorial

उज्यालोविना रङ्गको अस्तित्व सम्झिंदा सबैको सपना रङ्गीन नै हुन्छ भन्ने पनि  छैन । जसरी भए पनि यथार्थतः मान्छे बाह्रवर्षो जमेको इनारजस्तो भएर निकासहीन बांच्न कहां सक्दो रहेछ र, ऊ त समयका ऋतुहरूमा जसरी नि अन्जान फुलिसक्दो रहेछ, थाहै नपाई यात्रामा बगिसक्दो रहेछ, तर यतिखेर मसंग यात्रामा दृश्य छुटेजस्तो मात्र बाकी छन् उही थकानको अंध्यारोमा आलो सम्झनाहरू, हिंडिएका जीवनका रेखाचित्रहरू, जसलाई म आफूभित्रै मनपर्दो रङ्ग सिर्जना गरेर जीवनको अन्तिम क्यानभासमा एकसाथ सजाउंदै उज्यालोविना नै एउटा भव्य चित्रकारिता सिर्जना गर्नेछु र भन्नेछु- मेरा हजार पीडाहरूसंगै अंध्यारोको माया लागेर आउंछ ।

प्रतिभा तिमीलाइ पछि राखेर नेतृत्व गर्न चाहदैन,

न त तिमीलाइ अगि राखेर गति लिन्छ,

प्रतिभा तिमी संग संगै हिडन चाहन्छ ।

सभ्यताको उचाइमा पुगेर चेतना सम्प्रेषण गर्न चाहन्छैा हामी । यही भावानुभूतिको अनुकृति हो मासिक साहित्यिक वेब पत्रिका www.prativanepal.wordpress.com तर   हाम्रो सपना पूरा भएको छैन, गर्नुपर्ने धेरै छन,तथापि यसबाट निश्चय नै हाम्रो साहित्यले  इजरायली प्रवासमा सहज रूपमा गति लिनेछ  भन्ने विश्वास लिएका छौँ।

हाम्रो पुनः भेट अर्को अङ्कमा हुने नै छ । 


……………एकहरफ च्वास्स
“ए गतिहीन बर्तमान ! तैले प्रतिभालाई कति चिनेको छस?”

(तपाईकै प्रतिक्रिया लाई आधार बनाएर

अब देखि हामीले नया स्तम्भ आरंभ गरेका छौ,पढ़नु नभुल्नु होला.)

 


 

 

cfufdL c+s laz]if=
cGToxLg /utsf] syf==

हरेक बर्ष
शरद को पहिलो बर्षापछि
तेल हाजिका का ढुंगे ढिस्काहरुमा
भन्थे सुवर्णपल्लव हरु उम्रन्छ्न
 
साच्चै चट्टानका पत्रहरु भित्रबाट
गाढा पहेला फूलहरु फक्रिदै फक्रिदै आएको देख्छु
गोलान हाइट्समा यस्ता धेरै पत्थरहरु छन
जस माथी क्रांति जस्तै एक एक गर्दै छ्पक्कै
त्यस  पछिका प्रत्येक प्रभातहरुले
मेरो दृश्यभरी स्वर्णिम रंग पोतिरहेका हुन्छन्

त्यही ढुंगाको छातीमा
भक्कानो बनेर आजसम्म
१९७३ को नामिठो सम्झना अल्झिरहेकै छ
जहाँ निर्दयी सिरियाली सैनिक हरुले कुल्चीएका   
दर्दनाक घाऊहरु छन  

नीलो अकास तल
पहेलपुर यी प्रसूनहरु
मलाई घामको झुलको जस्तै लाग्छन
म हेरी रहन्छु 

फेरी देख्छु
पत्थर को बिच बिचमा
रगतका दाग हरु
अझै मेटिएका थिएनन ।

                     उत्तरी इजरायल, तेल हाजिका,गेालान क्षेत्रकेा सानेा पहाडकेा नाम हेा,
जसले हिउदकेा चिसेा सिरेटेा सबैभन्दा पहिले महशुस गर्छ अनि घामकेा न्यानेा पनि ।जहाँ शरदकेा पहिलेा बर्षापछि छपक्कै फुल्ने पहेला फुलहरूले 1973 मा इजरायलले सिरियाली सैनिकसँग युद्द गरेकेा इतिहासकेा सम्जना गराउछ।(….क्रमश)हेर्न नबिर्सनु हेाला।

 गत बैशाख २० शनिवार बसेकेा प्रतिभा समुहकेा औपचारिक बैठकले बिगत को कार्य समिति बिघटन गरि नया कार्य समिति गठन गरेको छ ।सो बैठकमा भएको निर्णय अनुसार नया अध्यक्षमा कलाकार सुनील संगम लाई सर्वसम्मति द्वारा चयन गरिएको छ। साथै अन्य सदस्य र   पदाधिकारीहरुमा समेत हेरफेर भएको छ।   

साथै सोही  बैठकको निर्णयले समूह भित्र  आबद्ध खेलकूद प्राविधिक तथा साहित्यिक उपसमूहहरु समेत हटाएको छ।यद्यपि प्रतिभा  समूहको  कार्यक्षेत्र कला, साहित्य र संगीत भएपनी खेलकूद तथा अन्य प्राबिधिक पक्षहरु प्रतिभाका अमूल्य गहना भएर रहनेछ्न र  प्रवास मा रहेका हामी नेपाली हरु तिनको सधै कदर गर्छों ।

नया नामावली
  नया नामावली

write to us