Skip navigation

नवराज अधिकारी

काठमाडौं  

             कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमंच नेपालले ०६५ सालको बालसाहित्य प्रवर्धन  सम्मान बालसाहित्यकार तथा अनुसन्धानकर्ता श्री प्रमोद प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी यसै सालको बालसाहित्य प्रवद्र्धन कदरपत्र केटाकेटी न्यूज डट कम (ketaketi.com) अनलाईन बालखबर पत्रिका र बालप्रतिभा पुरस्कार लण्डनका बालकयित्री प्रेरणा थापा र काठमाडौँ बुढानिलकण्ठका छात्र ओस्कर कुमार सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ ।

०१५ साल असोज १५ गते बिराटनगरमा जन्मनुभएका बालसाहित्यकार तथा बालवाङ्मय अनुसन्धानकर्ता प्रमोद प्रधानलाई उहाँका पुस्तक नेपाली बालवाङ्मय पचियकोशका लागि उहाँले पुराउनु भएको अद्वितीय अनुसन्धानको कदर गर्दै यो बालसाहित्य प्रवर्धन सम्मान दिने निर्णय गरेको जानकारी कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान बालमंच नेपालले दिएको छ । मार्टिन चौतारीद्वारा ०६५ मा प्रकाशित ६०० पृष्ठको यस कोषमा १२८० कृतिहरुको परिचय समावेश छ । श्री प्रधानका सम्पादित पुस्तक आठ कवितासंग्रह तीन बालकविता संग्रह तीन पत्रकारिता सम्बन्धी एक र बालसाहित्य अनुसन्धानतर्फ तीन पुस्तकहरु प्रकाशित छन् । त्यस्तै उहाँले हालसम्म व्यथित काव्य पुरस्कार ०४६, जेसिसका साहित्य तर्फ सर्वोत्कृष्ट युवा पुरस्कार ०४६, सीर्जनशील पत्रकार पुरस्कार ०४९, नेपाल बालसाहित्य समाज पुरस्कार ०५३  र  युवावर्ष मोति पुरस्कार ०५४ प्राप्त गरिसक्नुभएको छ । श्री प्रधान राष्ट्रिय समाचार समतिका प्रधान सम्पादक हुनुहुन्छ ।

बालसाहित्य प्रवर्धन  कदरपत्र प्राप्त गर्ने सँस्था केटाकेटी न्यूज डट कम नेपालको पहिलो अनलाईन बालखबर पत्रिका हो जसले नेपाली बालसाहित्य र बालअधिकारको क्षेत्रमा २०५९ सालदेखि काम गर्दै आएको छ । यस अनलाइन पत्रिकाले पीस मिडिया फाउण्डेशन संयुक्त राज्य अमेरिकाबाट ०६२ सालमा पीस मिडिया शान्ति बालपत्रकारिता पुरस्कार समेत प्राप्त गरेको छ । हालसम्म यसलाई ६२ देशका पाठकहरुले डेढ करोडपल्ट खोलेर हेरेका छन् । कविताराम बालसाहित्य प्रवद्र्धन अनुष्ठान बालमंच नेपालले यस अनलाइन खबरपत्रिकालाई बालसाहित्यको प्रवर्धनमा युगलाई नै डोराउने उच्च योगदानको कदर गर्दै यो सम्मान दिने निर्णय गरेको जानकारी दिएको छ । बालप्रतिभा प्रेरणा र ओस्कर दुवैले अंग्रेजी भाषामा क्रमशः एक कविता संग्रह र एक उपन्यास प्रकाशित गराएका छन् ।

 

बालवाङ्मय कोश जस्तो नयाँ विधामा होस् वा अनलाईनजस्तो नयाँ प्रविधिक आयाममा होस् विदेशमा रहेका नेपाली बालप्रतीभा होस् वा अंग्रेजी भाषाको बालकृतितर्फ होस् यसपल्ट अनुष्ठानले आफैमा नयाँ आयामतर्फ कर्तिमान राख्ने प्रयास गरेको र यसमा गर्वको महुस भएको जानकारी बालमंच नेपालले दिएको छ ।

 

डा. कविताराम श्रेष्ठद्वारा ०५४ मा स्थापित यस अनुष्ठानले यसअघि ११ जना साहित्यकारहरु १३ वटा सँस्थाहरु र ११ जना बालप्रतिभाहरुलाई सम्मान एवम पुरस्कार प्रदान गरिसकेको छ । साहित्यकारहरुमा श्री शान्तदाश मानन्धर, डा. चुडामणि वन्धु, श्री रमेश विकल, श्री स्यामप्रसाद शर्मा, श्री जनकप्रसाद हुमागाईँ, श्री कृष्णप्रसाद पराजुली, श्रीमति देवकुमारी थापा, श्री दुर्गालाल श्रेष्ठ, श्री भिक्टर प्रधान, श्री विश्वम्भर चंचल र श्रीमति शारदा अधिकारी हुनुहुन्छ भने सँस्थाहरुमा बासु मावि भक्तपुर, बुढानीलकण्ठ काठमाडौँ, हिन्दुविद्या पीठ काठमाडौँ, शुभतारा स्कूल ललितपुर, नोबल एकेडेमी काठमाडौँ, चितवन इ आ मावि भरतपुर, रुम टु रीड काठमाडौँ , रीड नेपाल काठमाडौँ, सीवीन काठमाडौँ, रत्नपुस्तक भण्डार काठमाडौँ, भोलीको नेपाल टिभि कार्यक्रम काठमाडौँ, टेम्पस इन्टनेशनल क्यानाडा र बालसाहित्य प्रवद्र्धन केन्द्र वा बाल संसारकाठमाडौँ र बालप्रतिभाहरुमा झमक घिमिरे, विभूति सिँह, निरज बलामी, रश्मी आमात्य, श्लेष्मा क्षेत्री, अस्मिता पन्थी, उदेश पाण्डे, अन्जना राजवंशी, नीभा शर्मा, विनया बस्नेत र प्रतिभा खािलंग छन् ।