म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु

आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु

नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु

प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु

जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु

थिएँ फलामको एक टुक्रा
चोट खाइखाइ छुरा भएछु।

<संकेत>

 राष्ट्रपति कसलाई???
 
  सबै दलमा लुछा-चुडी,राष्ट्रपति कसलाई?
  सबै मिलि छान्नु पर्छ,योग्य ब्यक्ति जसलाई!
  पद अनि कुर्शी खोज्दै,हाना-थाप किन?
  दलहरूकै हाना-थापले,बित्यो धेरै दिन!!

  काँग्रेसलाई गिरिजा रे,अर्कै एमालेलाई,
  जन-मत र जन-कदर छ रे,प्रचन्ड लाई!
  मधेश बाट मधेशी रे,पहाडीलाई अर्को,
  यस्तै ब्यबहार देख्दा-देख्दै,लाग्न थाल्यो झर्को!!

  ठूला दलले गठन गरे,एउटा छुट्टै टोली,
  मिटिङ पछि भन्ने गर्छन,निचोड हुन्छ भोली!
  त्यस्ता भोली निकै गयो,अझै निश्चित छैन,
  चुनाब भाको २ महिना भो,केही नयाँ भैन!!
 
 
  “शान्ती-बिकास-गणतन्त्र”,लिउँ एकै मन्त्र,
  देशमा बल्ल जन्मेको छ,लोक गणतन्त्र!
  सबै दल र नगरिकले,लिउँ एउटै नारा,
  नयाँ नेपाल हेर्न लाई, आँतुर छन सारा!!
 
 
  खबरदार! सबै दललाई,चाडै निकाश खोजौं,
  देशलाई हाँक्न सक्ने,योग्य ब्यक्ति रोजौं!
  जन-मत र जन-भाबको,सिकौं कदर गर्न,
  फेरि पनि जनताले,नपरोस है मर्न!!
 
 
 उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक