गजल

 

देख्यौ होला

कृष्ण थापा

 

लोकतांत्रिक आन्दोलनको उभार देख्यौ होला
सड़कभरि बिद्रोहको अंगार देख्यौ होला
 

 

.
कुन दुला भित्र पसे तिम्रा  भिजिलान्तेहरु
तिन्लाई जिउदै निल्ने  जनआकार देख्यौ  होला
.
भो अब तिम्रो पांचले जोगाउदैनन तिमिलाई
हेर्नु ढोकै माथि नेपाल सरकार देख्यौ होला 
.
मखमली ओछ्यानमा सुत्दा पनी सपनीमा
शहीदका राता अनुहार देख्यौ होला!
.
 
कस्तो हुदो रहेछ प्यारा निरंकुशे यात्रा गर्नु
पाइलैपिच्छे खुकुरीको धार देख्यौ होला!
(यसबेला अझ संदार्भिक लागे पनी यो ग़ज़ल नेपाल मा लोकतांत्रिक आन्दोलन चल्दै गर्दा अप्रिल २००६,त्रिशुली प्रवाह पत्रिका मा प्रकाशित भएको थियो)
 

 

हामीले  रच्ने  गज़लको  किन बिषय  येस्तै हुन्छ?
रगत  युद्द र  मृत्यु आशय   यस्तै हुनछ|
|
पोखरी  मा सानो  माछा सधै  त्रास  मा बाचेको  छ

 
के मान्छे  बिच  पनि परिचय यस्तै हुन्छ?
|
मृत्यु पढछु ख़बर भरि दर्ज़नौ  हताहत  छन
सदै युद्द -द्वन्द  सायद प्रलय  येस्तै हुन्छ .
|
आज पनि कर्फ्यू  छ की दागिने  पो  हो की छाती
हरेक को मनमा  किन भय यस्तै हुन्छ

खै  कस्लाई  जीतें  भन्नु।।कुन मनले जीतें  भन्नु
लास  माथी उभिएको बिजय  यस्तै  हुन्छ
|

 

 

Leave a Reply