कविताहरू
गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गार्हो भो
राजकाल भन्दा पनि आजकाल सार्हो भो!
नेता जति सबै ब्यस्त सबै जेशा-जेशमा
सबै आज लागेका छन कुर्सी खोसा-खोसमा!!
चुनाब पहिले गरिबको टाउँको गन्दै जान्थे
हाम्लाई भोट दियौं भने बिकाश गर्छौँ भन्थे!
तर आज सबै नेता लागे कुर्सी तिर
त्यसैले त जनतालाई पर्यो सारो पिर!!
अझै काटमार बन्द भैन अपहरण दिन्-दिन
अझै शान्त छैन नेपाल बन्द हड्ताल छिन्-छिन!
महंगिले नेटो-काट्यो पेट्रोल डिजेल छैन
सरकार पनि छैन जस्तो जिम्बेवारि भैन!!
मन्त्रि,सांसद सभासद ब्यस्त भेट-घाटले
एकै मन्चमा बस्छन सङै बोल्छन छेड-छेडले!
राख्ने भन्छन राजालाई नि अर्को दरबारमा
सबैलाई कुर्सी मिठो बस्न सरकारमा!!
लेखौं राम्रो संबिधान गरौं देशको बिकास
आशा गरौँ सबै मिली निकाल्नेछन निकास!
फेरि पनि नदोहोरियोस देशमा कुर्सी तन्त्र
सबै मिली सफल पारौं लोक गणतन्त्र!!
हरि कृष्ण न्यौपाने(प्रबासी)
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक बाट
सम्झना
जाने बेला भैसक्येा हेर
नझार्नु आंसू हामीलाइ सम्झेर ।।
हुने हार दैब नटार ,नमरी स्वर्ग देखिन्न
जे जति सुबिधा भएनि यहाँ नेपाललाइ भुल्न सकिन्न ।।।
उडी जाने पुतलीको पानि माथी छाँया
सबै भन्दा ठूलो रे छ पारीवारीक माया ।।।
जात ,धर्म,भाषा हाम्राे जे भएपनि
नबिर्सनु हाम्लाइ कबै जहाँ गएपनि ।।।
भुल भए माफ गर्नुस
नत्र मिठो जबाफ दिनुस ।।
सम्झना छ भनिदिनुस मेरी उनिलाइ
अमर प्रेम बनिरस जूनी,जूनीलाइ………….।
लेखकः अम्बीका श्रेष्ठ ,राम्ले ।
अन्त्यहीन रगतको कथा
हरेक बर्ष
शरद को पहिलो बर्षापछि
तेल हाजिका का ढुंगे ढिस्काहरुमा
भन्थे सुवर्णपल्लव हरु उम्रन्छ्न
साच्चै चट्टानका पत्रहरु भित्रबाट
गाढा पहेला फूलहरु फक्रिदै फक्रिदै आएको देख्छु
गोलान हाइट्समा यस्ता धेरै पत्थरहरु छन
जस माथी क्रांति जस्तै एक एक गर्दै छ्पक्कै
त्यस पछिका प्रत्येक प्रभातहरुले
मेरो दृश्यभरी स्वर्णिम रंग पोतिरहेका हुन्छन्
त्यही ढुंगाको छातीमा
भक्कानो बनेर आजसम्म
१९७३ को नामिठो सम्झना अल्झिरहेकै छ
जहाँ निर्दयी सिरियाली सैनिक हरुले कुल्चीएका
दर्दनाक घाऊहरु छन
नीलो अकास तल
पहेलपुर यी प्रसूनहरु
मलाई घामको झुलको जस्तै लाग्छन
म हेरी रहन्छु
फेरी देख्छु
पत्थर को बिच बिचमा
रगतका दाग हरु
अझै मेटिएका थिएनन ।

कृष्ण थापा
तेल अभिव, इजरायल
उत्तरी इजरायल, तेल हाजिका,गेालान क्षेत्रकेा सानेा पहाडकेा नाम हेा,
जसले हिउदकेा चिसेा सिरेटेा सबैभन्दा पहिले महशुस गर्छ अनि घामकेा न्यानेा पनि ।जहाँ शरदकेा पहिलेा बर्षापछि छपक्कै फुल्ने पहेला फुलहरूले 1973 मा इजरायलले सिरियाली सैनिकसँग युद्द गरेकेा इतिहासकेा सम्जना गराउछ।
मलाई इजरायल आउन मनलाछ”
इस्ट मित्र साथिभाई तेतैतिर आछन
महिने पिच्छे घरमा टन्नई पैसा पठाईराछन
मलाई पनि थुप्रई पैसा कमाउन मन लाछ
तेसैले नि इजरायल आउन मन लाछ
बास बस्ने औटा घरथ्यो आतंक ले खायो
साहुको रीणले खेत बारी बंधकी बनायो
रोईराकी आमाको आसू पुछ्नई पर्ने भाछ
तेसैले नि इजरायल आउन मन लाछ
नेता मस्त भागबंडामा देश डुबन लायो
बंद हड़ताल चक्काजाम ले वाक्वाकी बनायो
आफ्नई गाउमा सिर ठड्याई हिड्न डर भाछ
तेसैले नि इजरायल आउन मन लाछ
असान्तिको बोलबाला छ आतंकको राज
घाइते भाछन हाम्रा बुद्ध अद्केकोछ सास
जीसस संग ओखती थ्योकी सोध्नू पर्ने भाछ
तेसैले नि इजरायल आउन मन लाछ
दसक भयो चाडपर्ब राम्ररी नमनाको
सुभेक्छा र हासोखुसी साट्न नपाको
यसपाली त जसरी नी त्यतै आउन मन लाछ
मलाइ पनि इजरायल आउन मन लाछ ।।।
रचनाःभागवत(क्षीतीज) भण्डारी ।
लेखकः श्याम राेक्का,इजरायल ।
गजल
इज्ज्याक
म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु
नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु
प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु
जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु
थिएँ फलामको एक टुक्रा
चोट खाइखाइ छुरा भएछु।
<संकेत>
राष्ट्रपति कसलाई???
सबै दलमा लुछा-चुडी,राष्ट्रपति कसलाई?
सबै मिलि छान्नु पर्छ,योग्य ब्यक्ति जसलाई!
पद अनि कुर्शी खोज्दै,हाना-थाप किन?
दलहरूकै हाना-थापले,बित्यो धेरै दिन!!
काँग्रेसलाई गिरिजा रे,अर्कै एमालेलाई,
जन-मत र जन-कदर छ रे,प्रचन्ड लाई!
मधेश बाट मधेशी रे,पहाडीलाई अर्को,
यस्तै ब्यबहार देख्दा-देख्दै,लाग्न थाल्यो झर्को!!
ठूला दलले गठन गरे,एउटा छुट्टै टोली,
मिटिङ पछि भन्ने गर्छन,निचोड हुन्छ भोली!
त्यस्ता भोली निकै गयो,अझै निश्चित छैन,
चुनाब भाको २ महिना भो,केही नयाँ भैन!!
“शान्ती-बिकास-गणतन्त्र”,लिउँ एकै मन्त्र,
देशमा बल्ल जन्मेको छ,लोक गणतन्त्र!
सबै दल र नगरिकले,लिउँ एउटै नारा,
नयाँ नेपाल हेर्न लाई, आँतुर छन सारा!!
खबरदार! सबै दललाई,चाडै निकाश खोजौं,
देशलाई हाँक्न सक्ने,योग्य ब्यक्ति रोजौं!
जन-मत र जन-भाबको,सिकौं कदर गर्न,
फेरि पनि जनताले,नपरोस है मर्न!!
उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक

























